मेक्सिकोमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा १५ जनाको मृत्यु, ७० घाइते

Share this
734shares

२१ वैशाख, एजेन्सी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सोमबार राति मेट्रो ट्रेन गुडिरहँदा ओभरपास भत्किएर सडकमा खसेको थियो।

Advertisement

समाचार संस्था रोयटर्सका अनुसार घटनामा परी ७० जना घाइते भएका छन्।

स्थानीय मिलेनियो टिभीले प्रसारण गरेको भिडिओमा मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरूमाथि खसेको देखिन्छ।

Advertisement

मेक्सिको सिटीका मेयर क्लाउडिया शिनबौमले १५ जनाको मृत्यु भएको पुष्टि गरे।

’दुर्भाग्यवश त्यहाँ मृतक र घाइते मानिस छन्। अहिले म घटनास्थलमा कमान्ड सेन्टर स्थापना गर्न सहयोग गर्दैछु,’ मेयर शिनबौमले ट्विटरमा लेखेका छन्।

Advertisement

अहिलेका विदेशमन्त्री मार्सेलो इब्रार्ड मेक्सिको सिटीका मेयर हुँदा मेट्रो बनेको थियो।

उनले यस घटनाको अनुसन्धान गर्नुपर्ने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top