मेलम्चीको ठेक्का ताेड्ने सरकारकाे निर्णय, दुई सातापछि नयाँ प्रक्रिया सुरु हुने

६ माघ ७५, सोमबार

काठमाडौं, माघ ७

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ लगायत मुख्य निर्माण गर्ने कम्पनी सीएमसीसँगको ठेक्का तोडिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको शुक्रबार बसेको बोर्ड बैठकले उक्त ठेक्का तोड्ने निर्णय गर्दै त्यसका लागि औपचारिक सूचना निकाल्ने तयारी गरेको छ ।

ठेकेदार कम्पनी सीएमसीसँगको औपचारिक संवादका क्रममा उसले आयोजनाको कार्यस्थलमा नफर्कने स्पष्ठ पारेपछि बोर्ड उक्त निर्णयमा पुगेको बोर्डका सदस्य सचिव एवं मेलम्ची खानेपानी कार्यकारी निर्देशक सुर्य कँडेलले जानकारी दिए । ‘ठेक्का तोड्ने प्रक्रियाका लागि आजभोलि नै सूचना प्रकाशन गर्छौ, सूचना प्रकाशन भएको २ साताभित्र पनि ठेकेदार कम्पनी काममा नफर्किए स्वतः ठेक्का प्रक्रिया भंग हुनेगरी सूचना निकाल्दैछौं, त्यसैअनुसार प्रक्रिया अघि बढ्छ ।’ कार्यकारी निर्देशक कँडेलले भने ।

Advertisement

ठेक्का तोडिए पनि त्यसपछि कुन प्रक्रियाबाट अघि बढ्ने भन्नेबारे बोर्ड केही निर्णयमा नपुगेको बताइएको छ । ‘सीएमसी नआउने नै निश्चित भएपछि ठेक्का तोड्न प्रक्रिया औपचारिक प्रक्रिया थाल्ने निर्णय भएको छ, ठेक्का तोड्ने सूचना प्रकाशनपछि अब आयोजनालाई कसरी अघि बढाउने भन्ने बारेमा निर्णय हुनेछ, सीएमसीले त नआउने भनिसक्यो, अब फेरि बोर्ड बसेर तुरुन्त निर्णय हुन्छ ।’ आयोजना स्रोतले भन्यो ।

ठेक्का प्रक्रिया तोड्ने निर्णयसँगै डेढ महिनामा काठमाडौंमा पानी आउने प्रक्रिया थप अनिश्चित बनेको छ । खानेपानी मन्त्रालयले भने सीएमसी नआए पनि तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याइछाड्ने बताए पनि त्यसमा विश्वास गर्ने आधार देखिँदैन । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top