मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा

Share this
746shares

१५ चैत, काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा पुग्दै छ ।

Advertisement

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, “सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौँ पठाइन्छ, त्यसमध्ये काठमाडौँ उपत्यका खाने पानी लिमिटेड (के यूके एल)ले केही पानी पुरानो पाइपलाइनबाट वितरण गर्छ भने केही पानीबाट नयाँ पाइपलाइन परीक्षण र सफाइ हुने छ ।” उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न करिब एक हप्ता लाग्ने छ ।

Advertisement

काठमाडौँ उपत्यका खाने पानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भने , “यो पाइपको परीक्षण मात्र हो, पिउन मिल्दैन । परीक्षणपछि प्रशोधन गरे र पठाएपछि मात्रै पिउन मिल्छ ।” गत फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलो मिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top