मेलम्चीमा फेरि अर्काे झमेला : ठेकेदार काम छाेडेर भाग्न खाेजेपछि…

0SHARES

३ पुष २०७५ नेपाल टाईम्स

काठमाडौं : तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ । याे खबर आजको नयाँ पत्रिकामा छ ।

आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ ।ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ । आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो ।

तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ ।

विज्ञापन बक्स