मेसी १२ वर्षपछि पहिलो पटक फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा पर्न असफल

एजेन्सी,भदौ २१
अर्जेन्टिनी स्टार लियोनल मेसी पछिल्लो १२ वर्षपछि पहिलो पटक शीर्ष तीनबाट बाहिरिएका छन् ।अर्जेन्टिनाको राष्ट्रिय टोली एवम् बार्सिलोनाका कप्तान मेसी १२ वर्षपछि फिफाले प्रदान गर्ने वर्षको उत्कृष्ट खेलाडी अवार्डको शीर्ष ३ मा पर्न असफल भएका हुन्।

सन् २००६ देखि लगातार शीर्ष ३ मा पर्दै आएका मेसी यसपटक भने सूचीमा अटाएनन्।विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको सूची अनुसार शीर्ष तीन खेलाडीमा क्रिस्टियानो रोनाल्डो, मोहमद सालाह र लुका मोड्रिच परेका छन्।

हालै सम्पन्न रूस विश्वकको ह्याट्रिककर्ता रोनाल्डो, इजिप्टलाई विश्वकपमा छनोट गराउने सलाह र क्रोएसियालाई फाईनल र्पुयाउने मोड्रिचलाई समावेश गर्दै फिफाले वर्षका अन्तिम तीन खेलाडीको सूची सार्वजनिक गरेको हो।फिफाको द बेस्ट अवार्ड विश्व फुटबलका सबै देशका प्रशिक्षक, कप्तान र अधिकारिक पत्रकारको भोटको आधारमा प्रदान गरिने प्रावधान छ ।

Advertisement

शीर्ष तीनमा परेका रोनाल्डोले गत सिजन क्लब फुटबलमा च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए।मोड्रीचले पनि सोहि उपलब्धिसँगै क्रोएसियालाई विश्वकप फाइनलसम्म र्पुयाउँदा कप्तानको भूमिका निभाएका थिए । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । यहि आधारमा मेसीभन्दा बढी अंक जोड्दै तीन खेलाडी अन्तिम सूचिमा समावेश भएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सम्बन्धित समाचार

Scroll to Top