मैले अदालतको अवहेलना गरेको छैन, सम्मान गरेको छुः प्रचण्ड

१६ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदालतको अवहेलना नगरेको दाबी गरेका छन् ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतमा पुगेर लिखित जवाफ दिएपछि प्रचण्डले आफूले अदालतको सम्मान गर्ने तर अवहेलनाको गलत आरोप लगाइएको बताए । सर्वोच्च अदालतले सधैँ नागरिकको भावनाअनुसार काम गरिरहेको सन्दर्भमा आफूले पनि सम्मान गर्ने प्रचण्डको जवाफमा उल्लेख छ ।

अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिएको थियो ।

Advertisement

विराटनगरमा माघ नौ गते भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले ‘केपी ओलीको निरङ्कुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौँ नागरिक सडकमा उतार्ने र गल्ती सच्याइने’ भनेर अभिव्यक्ति दिएका थिए ।

त्यही अभिव्यक्तिलाई लिएर अधिवक्ता हायुले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र पाँच जना पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलनाको मुद्दा लागेको थियो । उनीहरु सबैले आफैँ उपस्थित भएर अदालतमा जवाफ पेस गरिसकेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top