मोदी विरोधी पोस्टर शेयर गर्दै राहुल गान्धीको ट्वीट : मलाई पनि पक्राउ गर

२ जेठ, काठमाडौं । भारतीय प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको छ । प्रधानमन्त्री मोदीको आलोचना गर्ने र विरोधमा पोस्टर टाँस्ने २५ जना पक्राउ परेका बीबीसी हिन्दीले लेखेको छ ।

राजधानी दिल्लीमा प्रधानमन्त्री मोदीको आलोचना गरिएको पोस्टर टाँस्ने क्रम बढेपछि प्रहरीले पोस्टर टाँस्नेलाई पक्राउ गर्न थालेको हो । पक्राउ पर्नेमा धेरैजसो गरिब र मजदुर रहेका पनि खबरमा उल्लेख गरिएको छ ।

भारतीय सञ्चारमाध्यम ’इन्डियन एक्सप्रेस’ का अनुसार दुई छाक जोहो गर्न पैसाका लागि उनीहरूले यो पोस्टर टाँसेको पाइएको छ । पोस्टरमा आफ्ना बालबालिकालाई दिइने खोप किन विदेश निर्यात गरेको भन्दै प्रश्न गरिएको छ ।

Advertisement

प्रधानमन्त्री मोदीविरुद्ध पोस्टर टाँस्नेहरू पक्राउ पर्न थालेपछि भारतीय कांग्रेस लगायतका दलले विरोध गरेका छन् । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले मोदीको विरोध गरिएको पोस्टर शेयर गर्दै आफूलाई पक्राउ गर्न चुनौती दिएका छन् ।

केही समययता भारतमा कोरोना महामारी फैलिए पनि सरकारले रोकथाममा ध्यान नदिएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना भईरहेको छ ।

Advertisement

प्रधानमन्त्री मोदीले कोरोना रोकथामका लागि भन्दा पनि आफ्नो आलोचना दबाउन बढी समय खर्चिएको टिप्पणी हुन थालेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top