विराटनगर : इजाजत बिनाका र नवीकरण नभएका अवैध हतियार बुझाउन सरकारले ३५ दिनको अल्टिमेटम दिएसँगै मोरङमा हतियार बुझाउने क्रम सुरु भएको छ ।
व्यक्तिले आफ्ना घरमा राखेका हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाउन थालेका हुन् । बिहीबारसम्म बिराटनगर–४ का सुरेश प्रधान र विराटनगर–११ का भीमराज पोखरेलले हतियार बुझाइसकेका छन् ।
प्रधानले दुईवटा र पोखरेलले एउटा बन्दुक बुझाएका हुन् । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार प्रधानले आफ्नै घरमा राखेको स्वचालित २५ बोरको एक नाल र १२ बोरको एक नाल गरेर दुईवटा बन्दुक बुझाएका छन् । ती बन्दुक प्रहरीले प्रयोग गर्ने सर्टगन प्रकारका हुन्छन् । यस्तै पोखरेलले घरमा रहेको एउटा भरुवा बन्दुक बुझाएको एसपी केसीले बताए ।,आजको अन्नपुर्ण पोस्टमा खबर छ ।