मोरङ,सुनसरी र झापामा बर्षेनी जुट खेती मासिदै बार्षिक डेढ अर्बको कच्चा जुट आयात

१६ असोज ७५, बुधबार

विराटनगर,असोज १७
जुटखेतीमा आम्दानी भन्दा खर्च बढी भएपछि पछिल्ला समय जुट किसानहरु अन्य खेतीतर्फ पलायन भएका छन । लगानी बढी गर्नुपर्ने र आम्दानी कम भएपछि किसानहरुले जुट अर्थात (पट्वा) खेती लगाउन छाडेका छन् । जुटखेती गर्ने अधिकांश कृषकहरु अहिले धानखेती गर्दै आएका छन् ।

मोरङको रंगेलीका दिपेन्द्र महतोले पाँचवर्ष अघिसम्म ३ बिगाहा जमिनमा जुट अथवा (पट्वा) खेती गर्थे । तर जुट खेतीबाट फाइदा नभएपछि उनी अहिले धानखेती नै गर्न थालेका छन । जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव, खर्चिलो खेती, लगानी बढी अम्दानी कम, यस्तै समस्याले जुटखेतीका लागि उर्वर भूमि भनेर चिनिएका मोरङ,सुनसरी र झापा जिल्लाबाट क्रमश जुट खेती लाउने क्रम हराउदै गएको छ । लागत अनुसारको मूल्य नपाएपछि जुट खेती मासेर किसानहरु धान खेती लगाउन थालेका छन ।जुट खेतीमा संलग्न किसानहरुका अनुसार जुटको बाली भित्राउने मुख्य समय साउन मसान्तदेखि असोजसम्म हो । तर, झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारण जुट खेती क्रमिक रुपमा मासिने क्रममा छ । जुट खेतीका लागि सरकारले प्रोत्साहन नगर्नु पनि जुट खेती मासिनुको अर्काे एउटा कारण रहेको छ ।
कुनै बेला नेपालमा सबै भन्दा बढी जुट खेती हुने जिल्ला मोरङ,सुनसरी र झापा पर्दथे ।तर पछिल्लो समयमा जुट खेती मासिदै जाँदा जुट खेती यतिबेला किसानले चाड पर्व मनाउन खर्च जोहका लागि मात्र लगाउने गरेका छन ।

 

Advertisement

६० हजार हेक्टरमा लगाइने जुट खेती ६ हजार हेक्टरमा सिमित नेपालीमा सबै भन्दा वढी खेती हुने मोरङ,सुनसरी र झापा जिल्लामा अहिले ६ हजार हेक्टरमा मात्र जुट खेती हुने गरेको छ । दुई दशक अघि यी तीन जिल्लामा ६० हजार हेक्टरमा जुट खेती हुने गरेको थियो । ०५५÷०५६ मा नेपालभर कुल ७० हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा जुट खेती हुने गरेको थियो । प्रदेश १ कृषि निर्देशनालयका बरिष्ठ कृषि प्रसारक अधिकृत राजेन्द्र उप्रेतीले मोरङ,सुनसरी र झापा जिल्लामा हुने जुट खेती दुई दशकपछि आउँदा कुल क्षेत्रफलको १० प्रतिशतमा सिमिति बनेको बताए ।
अहिले यी तीन जिल्लामा कुल ६ हजार हेक्टर क्षेत्रफलमा मात्र जुट खेती लगाइने गरेको छ । जसमा मोरङ जिल्लामा ५३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टरमा जुट खेती हुने गरेको छ । ०५५÷०५६ सालमा मोरङ जिल्लामा मात्र करिब ३२ हजार हेक्टरमा जुट खेती हुने गरेको थियो । जुट खेतीबाट किसानहरु पलायन हुने क्रमसगै तीन जिल्लामा रहेका १ लाखको संख्यामा रहेका पोखरीपनि मासिएका छन । जुट प्रशोधनका लागि जुट कुहाउन प्रयोगका लागि ति पोखरी निर्माण गरिएका थियो ।जुट खेती मासिएपछि १ लाख वढी रहेका पोखरीपनि मासिएका हुन ।मोरङ,सुनसरी र झापा जिल्लामा ०४३÷०४४ सालबाट जुट खेती लगाउन थालिएको सरकारी तथ्याङ रहेको छ ।

Advertisement

जुट खेती मासिएपछि जुट उद्योग धरासायी प्रोत्साहन अभाव र लगानी नउठ्ने समस्या बढेपछि मोरङमा उत्पादन हुने जुटमा गिरावट आएसँगै ठूला जुट उद्योगहरु घरासायी भएका छन । मोरङ जिल्लामा रहेका ११ वटा जुट उद्योग मध्ये कच्चा पदार्थ अभावमा ६ वटा जुट उद्योग बन्द भएका छन ।अन्य सञ्चालनमा रहेका उद्योगपनि धरासायी बनेका छन । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले मोरङ,सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुदा खुलेका उद्योगहरु मुख्तया कच्चा पदार्थ अभावका कारण बन्द भएको बताए ।

‘जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै छ’ त्यसको प्रत्यक्ष मार मोरङ–सुनसरी औद्योगिक करिडोरका खुलेका जुट उद्योगमा परेको छ’ अध्यक्ष गोल्छाले भने ‘अहिले सबै उद्योगले आवश्य कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउनु पर्ने अबस्था छ,जसका कारण भएकापनि जुट उद्योग नै बन्द हुने अबस्थामा पुगेका छन’ । कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले भारत र बंगलादेशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् । स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योग समेत समस्यामा पर्दै गएका छन् ।कच्चा जुट अभावकै कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका ६ जुट उद्योगले उत्पादन बन्द गरिसकेका छन् । करिडोरका पाँच उद्योगले समेत कच्चा जुट आयात गरेर उत्पादित वस्तुको निकासी गर्दै आएका छन् ।

जुट खेतीमा नेपाली किसानलाई प्रोत्साहन र उत्पादित बस्तु प्रयोगमा उपभोक्तालाई अनिवार्यता कायम गर्न मात्र सक्दा पनि देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिने मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष एवं जुट उद्योगी प्रकाश मुन्दडाको भनाई छ । उनका अनुसार अहिलेपनि सुनसरी–मोरङका जुट उद्योगहरुमा १४ हजार मजदुर कार्यरत रहेका छन् । कुनैसमय यो संख्या ३० हजार थियो । वातावरणीय दृष्टिकोणले उत्तम मानिने कृषि उपज नगदेबाली जुटबाट उत्पादन भएको वस्तु प्रयोगमा अनिवार्यता नहुँदा नेपालमा यसको खपत समेत कम छ । जसका कारण भारत र बंगलादेशकाट कच्चा जुट आर्यात गरी उत्पादन गरेको जुटका सामाग्री ति उद्योगले आफनो उत्पादनको ९५ प्रतिशत भारत निकासी गर्ने गरेका छन ।

बार्षिक डेढ अर्व नेपाली रुपैया बिदेशिदै विगतका वर्षमा मोरङ,सुनसरी र झापामा उत्पादन भएका जुट भारतका साथै बङ्गलादेशमा समेत निर्यात गरिन्थ्यो । त्यसका साथै विराटनगरस्थित जुट मिलहरुले पनि अधिकांश मात्रामा खरिद गर्ने गरेका थिए ।तर अहिले ठिक उल्टो छ,अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्य कच्चा जुट भारत र बंगलादेशमा भर पर्नु पर्ने अबस्था छ ।नेपालमा जुट खेती मासिने क्रमसगै जुट उत्पादनमा गिरावट आएपछि जुट उद्योगहरु भारत र बंगलादेशमा भार पर्नु पर्ने स्थिती आएको हो । जुट उद्योगहरुले जुटको कच्चा पदार्थका लागि आवश्य कच्चा पदार्थ मध्ये ६५ प्रतिशत कच्चा पदार्थ भारत र बंगलादेशबाट ल्याउने गरेका छन ।जसका कारण बार्षिक नेपाली रुपैया जुटको कच्चा पदार्थ खरिदका लागि १ अर्ब ५० करोड रुपैया बिदेशिने गरेको छ । जुट उद्योग संघका मोहनचन्द्र घिमिरेले नेपाली उद्योगलाई आवश्य पर्ने जुट नेपालमा उत्पादन हुने जुटले धान्न नसकेपछि उद्योगीहरुले भारत र बंगलादेशबाट जुट खरिद गर्ने गरेका छन ।

घिमिरेका अनुसार बिराटनगरमा हाल संञ्चालनमा रहेका पाँच वटा जुट उद्योगले बार्षिक ६५ हजार मेट्रिक टन खपत गनर्ने गरेका छन ।त्यसमध्ये बार्षिय ४५ हजार मेट्रिक टन भारत र बंगलादेशबाट कच्चा जुट आर्यात हुने गरेको छ । नेपालको जम्मा १८ हजार मेट्रिक टन कच्चा जुट उद्योगले प्रयोग गर्ने गरेका छन । विराटनगरमा कुल ११ वटा जुट उद्योग रहेका थिए। त्यसमध्ये ६ वटा जुट उद्योग बन्द भईसकेका छन ।११ वटा जुट सञ्चालनमा रहदा बार्षिक १ लाख मेट्रिक टन जुट यी उद्योगमा खपत हुने गरेको थियो । अरिह्न्त मल्टी फाइवर्सका प्रबन्ध निर्देशन गोबिन्द बजगाईले आफनो उद्योगका लागि मात्र बार्षिक डेढ सय करोडको कच्चा जुट भारत र बंगलादेशबाट अर्यात गर्ने गरेको बताए ।उनले जुटको उत्पादनमा गिरावट आएपछि बार्षिक २६ हजार टन कच्चा जुट उद्योगमा खपत हुनेमा १८ हजार टन भारत र बंगलादेशबाट ल्याउने गरेको जानकारी दिए ।उनले नेपालमा उत्पादन भएको जुट ८ हजार टन मात्र खपत हुने जानकारी दिए ।

आर्थिक बर्ष २०७३÷०७४ मा मात्र रानी भन्सार कार्यालय र मेची भन्न्सर कार्यालयबाट ५१ करोड २९ हजार ६ सय ३६ रुपैयाको ५२ हजार २ सय १६ मेट्रिक टन कच्चा जुट आर्यात भएको छ । जसमा रानी भन्सारबाट १८ हजार ३ सय ९७ मेट्रिक टन र मेचीबाट ३३ हजार ८ सय १९ मेट्रिक टन कच्चा जुट आर्यात भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top