मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनमा आचार्य

२१ पुस ७५, आइतबार

विराटनगर, पुस २१
मोरङ अटो मोबाइल्स डिलर्स एसोसिएसनको अध्यक्षमा सुवास आचार्य चयन भएका छन् । शनिबार विराटनगरमा भएको १२ औं साधारणसभाले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसनको उपाध्यक्षमा किरण भट्टराई, सचिवमा सञ्जय श्रेष्ठ, कोषाध्यक्षमा दिलु आचार्य र सहसचिवमा मनोजविक्रम शाह छनौट भएका छन् । त्यस्तै साधारणसभाले निवर्तमान अध्यक्ष राजेश भट्टराईलाई पदेन सदस्यमा चयन गरेको छ । ओम शर्मा, नयन श्रेष्ठ, रुपेश बराल, रवि अग्रवाल र जीवन पोखरेल सदस्यमा निर्वाचित भए ।

एसोसिएसनका संस्थापक उद्धवप्रसाद आचार्य, विनोद डाल्मिया, हरिकृष्ण ढकाल, तोया खनाल, प्रेम खड्का, मोहनलाल शर्मा र अशोक अग्रवाललाई सल्लाहकारमा चयन गरेको छ । एसोसिएसनको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको छ । ९ धुर जग्गामा निर्माण भएको भवनमा हालसम्म १७ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष आचार्यले बताए । भवनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन अझै केही समय लाग्नेछ । सम्पूर्ण निर्माण सम्पन्न गर्न ३५ लाख रुपैयाँ लाग्ने अनुमान छ ।

२०५४ सालमा स्थापित एसोसिएनसमा ८५ व्यवसायी आबद्ध छन् । साधारणसभामा बोल्ने वक्ताहरूले अटोमोबाइल्स क्षेत्रले सबैभन्दा बढी राजस्व बुझाए पनि राज्यले सुविधा नदिएको गुनासो गरे । उनीहरूले नेपाल अटोमोबाइल्स डिजर्स एसोसिएसन (नाडा)ले काठमाडौं उपत्यकाभित्रका व्यवसायीलाई मात्रै संरक्षण गरेको गुनासोसमेत पोखे । नाडाका केन्द्रीय उपाध्यक्ष प्रकाश कपुरीले अटोमोबाइल्स क्षेत्रलाई सरकारले निरुत्साहित गर्ने गरेको आरोप लगाए । उनले काठमाडौंभन्दा बाहिर रहेका सबै व्यवसायीलाई नाडाले समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top