२८ वैशाख, विराटनगर । मोरङ र सुनसरीका अस्पतालमा गरी थप १२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । सोमबार रातिदेखि मङ्गलबार बिहानसम्म १२ जनाको मृत्यु भएको हो ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ४, नोबेल शिक्षण अस्पतालमा ३ र विराटनगर अस्पताल र विराट मेडिकल कलेजमा १–१ जनाको मृत्यु भएको हो ।