काठमाडौं ः चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।
संघका महासचिव डा। लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए ।
भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् ।उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् ।