मौसम: आकाश खुले पनि प्रदूषणको अवस्था उस्तै

५ वैशाख, काठमाडौँ । देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ ।

अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश–१, प्रदेश–२, लुम्बिनी र वाग्मतीमा मौसम खुलेको हो । काठमाडौँ उपत्यकासहित पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो।

Advertisement

केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले आकाश खुल्न थालेको हो । आज बेलुकीपख पनि वाग्मतीसहित पहाडी र तराई क्षेत्रमा मौसम बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आकाश खुले पनि वातावरण प्रदूषणको अवस्थामा भने सुधार आउन सकेको छैन।

देशका विभिन्न भागमा लागेको डढेलोका कारण गएको चैत १३ गतेदेखि काठमाण्डौ उपत्यकामा प्रदूषण बढेको थियो । वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईमा अहिले पनि काठमाण्डौ पहिलो प्रदूषित सूचीमा रहेको छ । काठमाण्डौको आज बिहान दश बजेको एक्यूआई एक सय ६८ रहेको छ।

Advertisement

बुटवलको एक सय ५२ रहेको छ । डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top