म्यानसिटी चेल्सीसँग पराजित भए लिभरपुलले लिगको उपाधि उचाल्ने

१० असार ७७, बिहीबार

११ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिरभपुलले क्रिष्टल प्यालेसलाई ४–० गोल अन्तरले हराएको छ ।

गएराती घरेलु मैदान एन्फील्डमा लिभरपुललाई विजयी गराउन अलेक्जेण्डर आर्नोल्ड, फाबिन्हो, मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे ।

जितपछि लिभरपुल प्रिमियर लिगको उपाधिसँग दुई अंकको दुरीमा पुगेको छ । तर म्यान्चेस्टर सिटी आज हुने खेलमा चेल्सीसँग पराजित भएको खण्डमा भने लिभरपुलले बाँकी कुनैपनि खेलबाट अंक नजोडेपनि लिगको उपाधि उचाल्नेछ ।

Advertisement

लिभरपुलको ३१ खेलबाट ८६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–० ले हरायो ।

उसका लागि तीनवटै गोल फ्रेन्च खेलाडी एन्थोनी मार्टियलले गरे । सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ ।

युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले नर्विच सिटीलाई तथा वुल्भरह्याम्पटन वान्डरर्सले बर्नमाउथलाई १–० ले हराउँदा न्युकासल युनाइटेड र एस्टन भिल्लाले १–१ गोलको बराबरी खेलेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top