NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

यसपालिको जाडोयाम सकियोः यसवर्ष वर्षा कम, सुख्खासँगै प्रदूषण बढ्यो

आइतवार फाल्गुन १६ , २०७७
Reading Time: 1 min read
A A
मौसम विभागले भन्यो,‘पहाडमा भारी वर्षा हुँदैछ तराई डुब्न सक्छ’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ फागुन, काठमाडौँ । यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।

‘जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गर्छ तर यसपालि पानी पार्ने गरी प्रणाली भित्रिन सकेन’ वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘पश्चिमी वायु नेपाल प्रवेश नगरेको पनि होइन, पाँच/छ पटकसम्म भित्रियो । तर पानी पार्ने शक्तिशाली प्रणाली भने भित्रिन सकेन । जसका कारण यो हिउँदमा औसतभन्दा निकै कम वर्षा भयो ।’

यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई÷तीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाण्डौमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो ।

LS Auto

यही महिनाको सुरुवाततिर काठमाण्डौ उपत्यकाका केही ठाउँमा जमिन भिज्ने गरी पानी परेको थियो । अन्य केही क्षेत्रमा भने वर्षा हुन सकेन । यसअघि गएको पुस महिनामा फाट्टफुट्ट मात्रै पानी परेको थियो ।

‘सामान्यतया हिउँदयाममा काठमाण्डौमा १८ दशमलव सात मिलीमिटर पानी पर्नु पर्थ्यो’ वरिष्ठ मौसमविद् पौडेलले भने, ‘यसपालि मात्रै १ दशमलव ३ मिलीमिटर पानी परेको छ ।’

काठमाडौँ उपत्यकामा मात्रै होइन यसपालिको हिउँद महिनामा देशभर नै पर्याप्त पानी पर्न सकेन । यस्तै, यसपालि हिमपात पनि राम्रोसँग हुन पाएन । हिउँदयाम भरि जम्मा दुई पटक मात्रै हिमपात भएको मौसमविद् वरुण पौडेलले बताए ।

पर्याप्त वर्षा र हिमपात नहुँदा यसपालि हिउँदे कृषि बालीमा समेत नोक्सानी भएको छ । हिमाली क्षेत्रमा पाइने जडिबुटीको उत्पादनमा समेत कमी आएको छ ।

सुख्खासँगै प्रदूषण बढ्यो

वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ । सुख्खापनकै कारण यसपालिको हिउँदमा आगलागीका धेरै घटना भएका सरकारी तथ्याङ्क छ ।

पानी नपर्दा प्रदूषण पनि ह्वात्तै बढेको थियो । काठमाण्डौ उपत्यकामा दुई दिन त प्रदूषणका कारण आँखा पोल्ने समस्या नै देखिएको थियो भने केही बिरामीसमेत परेका थिए ।

धुलोधुवाँका कारण वायु प्रदूषण झन्झन् बढ्दै गएको छ । वायुमण्डलमा धुलोको कण जम्मा हुँदा यसपालिको हिउँदमा तुवाँलो लाग्ने क्रम भने बढेको छ । पोहोर परारको तुलनामा यसपालि लगातार जस्तो तुवाँलो लागेको मौसमविद् पौडेलले बताए ।

उनकाअनुसार पर्याप्त पानी नपर्दा यसपालि लगातारजसो बाक्लो हुस्सु र कुहिरो पनि लागिरह्यो । विशेषगरी यसबाट तराईका जिल्ला धेरै प्रभावित भए । बाक्लो हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा प्राय आन्तरिक उडान प्रभावित भइरह्यो ।

प्रि–मनसुन सुरु

जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि–मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् ।

बिहान बेलुका केही चिसो भए पनि अब हट्ने मौसमविद्ले बताएका छन् । अबदेखि बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

यसपालि जमिन धेरै सुख्खा भएकाले आउँदा दिनमा आगलागीका घटना अझै बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.