NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Plataforma Premium de Apostas Online no Brasil शुक्रबार पुस ११ , २०८२
AYOBET : Situs Slot Gacor Modal Kecil WD Selangit शुक्रबार पुस ११ , २०८२
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
Next
Prev

समाचार

यस्तो रह्यो पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण

बुधबार फाल्गुन २३ , २०७४
Reading Time: 1 min read
A A
चीनसँग कनेक्टिभिटी बढाउन पाकिस्तानका प्रधानमन्त्रीको सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् । उनले पाकिस्तान आतंकवादसँग जुधिरहेको दलिल पेस गरिरहे । आजको नयाँ पत्रिकामा खबर छ ।

सोमबार उनले प्रधानमन्त्री केपी ओली र सार्क महासचिव सियालसँग भेटघाट गरे । ‘प्रधानमन्त्री अब्बासीले सोमबार र मंगलबार शीर्षस्थ नेतृत्वसँग भेटवार्ताका क्रममा दुईपक्षीय मामिलाबारे मात्र होइन, चीनसँग पाकिस्तानको आर्थिक साझेदारी, सार्कबारे पनि छलफल गरेका छन्,’ पाकिस्तानको समाचार एजेन्सी एपिपी न्युजले मंगलबार समाचारमा उल्लेख गरेको छ । अब्बासीले सबैसँगको भेटमा चीनको सहुलियत ऋणमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)ले यो क्षेत्रकै कायापलट गर्ने दाबी प्रस्तुत गरेका छन् । तर, सिपेकको अनुभव नेपाललाई काम नलाग्ने नेपाली अधिकारीको भनाइ छ ।

सोमबार दुई प्रधानमन्त्रीबीचको वार्तामा सिपेक, चीनले घोषणा गरेको वान बेल्ट वान रोड परियोजनाबारे छलफल भएको छ । नेपालले गत वर्ष ओबिओआरमा सहभागी हुने निर्णय गरेको छ । अब्बासीले सिपेक ओबिओआरको सदृश्य र उल्लेखनीय परियोजना भएको तथा यसले सडकमार्ग, ग्वादर एयरपोर्ट, इकोनोमिक फ्रिजोन, ऊर्जा उत्पादन परियोजनामा जोड दिएको ओलीसँग बताएका थिए ।

LS Auto

अब्बासीले सिपेकका सम्बन्धमा आफ्नो अनुभव र ज्ञान नेपाललाई सेयर गर्न पाकिस्तान सदा तत्पर रहेको पनि उल्लेख गरेका थिए । उनले तुर्कमेनिस्तान–अफगानिस्तान–पाकिस्तान–भारत ग्यास पाइपलाइन परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

उनले पाकिस्तान–नेपाल व्यापार परिषद्लाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पाकिस्तानका विभिन्न क्षेत्रमा लगानीका लागि उनले नेपाली लगानीकर्तालाई आह्वान पनि गरे । पाकिस्तान सन् २०१६ नोभेम्बरमा सार्क सम्मेलन गर्न तयारी अवस्थामा रहेको उल्लेख गरे । प्राथमिकताका आधारमा सम्मेलन चाँडै गर्नुपर्नेमा उनको जोड थियो ।

कास्मिरबारे के चर्चा भयो ?
पाकिस्तानी सरकारी सञ्चारमाध्यमले ओली र अब्बासीबीच सोमबार भएको एक घन्टा लामो वार्तामा भारतशासित कास्मिर र त्यहाँ मानवअधिकार उल्लंघन भनिएको विषयमा छलफल भएको जिकिर गरेको छ । ‘दुई नेताबीच कास्मिर इस्यु तथा भारतशासित जम्मु–कास्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयमा छलफल भएको छ,’ एपिपीले लेखेको छ । तर, परराष्ट्रका अधिकारीले पाकिस्तानका प्रधानमन्त्रीले विषय उठान गरेको, तर नेपालका तर्फबाट यसमा कुनै जवाफ नदिइएको बताए । ‘कास्मिरका विषयमा हामीले छलफल गरेका होइनौँ, त्यसमा नेपाल मुछिन चाहँदैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’ पाकिस्तानी सञ्चारमाध्यमले प्रचण्डसँगको भेटमा पनि कास्मिरबारे छलफल भएको जनाएको छ ।

राष्ट्रपतिलाई निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाललाई उच्च महत्व दिएको बताएका थिए । ‘हामी नेपाललाई उच्च महत्व दिन्छौँ, सरकार र जनताको स्तरमा सम्बन्ध थप मजबुत बनाउन चाहन्छौँ,’ शीतलनिवासमा मंगलबार बिहान अब्बासीले भने । पाकिस्तान र नेपालबीचको दुईपक्षीय व्यापार अहिले ५० लाख अमेरिकी डलरमा सीमित रहेको भन्दै अब्बासीले यसलाई बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपतिलाई पाकिस्तानका राष्ट्रपतिले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गरेका छन् ।

सार्क सचिवालयमा वृक्षरोपण
अब्बासीले सल्लो वृक्ष रोपेपछि आयोजित कार्यक्रममा पाकिस्तान सार्क प्रक्रिया अघि बढाउन प्रतिबद्ध रहेको बताए । सार्क बडापत्रमा पाकिस्तान प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सार्क सचिवालयमा यसअघि श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षले सल्लाको बिरुवा रोपेका थिए भने त्यसपछि अब्बासीले मंगलबार रोपेका छन् । सार्क सचिवालयका महासचिव मोहम्मद अमजद हुसेन बी सियालले वृक्षरोपणको प्रबन्ध मिलाएका हुन् । सियालले प्रधानमन्त्री अब्बासीलाई सोमबार अपराह्न भेटेर निमन्त्रणा दिएका थिए । सोमबार राति सीमित पत्रकारसँगको अनौपचारिक अन्तत्र्रिmयामा अब्बासीले यो जानकारी दिएका थिए ।

प्रचण्डसँग अब्बासीले के भने ?
होटेल हायातमा भएको भेटमा अब्बासीले माओवादी अध्यक्ष प्रचण्डसँग नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताए । उनले दक्षिण एसियामा शान्ति र समृद्धिका पक्षमा पाकिस्तान र नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अब्बासीले व्यापार र पर्यटनमा पाकिस्तानले नेपाललाई सहयोग गर्ने पनि उल्लेख गरे । उनले दक्षिण एसियाको मुख्य चुनौती र साझा शत्रु आतंकवाद रहेको उल्लेख गरे । पाकिस्तान सार्कको शिखर सम्मेलन गर्ने तयारी अवस्थामा रहेको पनि उनको भनाइ थियो ।

प्रचण्डले दक्षिण एसियामा शान्ति, समृद्धि र स्थायित्वका लागि सार्कको भूमिका उल्लेखनीय हुने उल्लेख गरेका थिए । उनले आतंकवाद, जलवायु परिवर्तन, प्रकोप, लागुऔषध तस्करीजस्ता मुद्दामा नेपाल र पाकिस्तानबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रतिपक्षी नेतालाई किन भेटेनन् ?
पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए । अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको थियो ।

अब्बासीले प्रतिपक्षीसँग औपचारिक भेट नभएको विषयमा सोमबार पत्रकारहरूसँग भने, ‘मैले डिनरका क्रममा सबैभन्दा बढी समय प्रतिपक्षी दलका नेतासँग व्यतीत गरेँ । पाकिस्तानको राजनीतिमा हामी लामो समय विपक्षमा बसेका छौँ, त्यस हिसाबले पनि प्रतिपक्षीसँग हामी नजिक हुन्छौँ ।’ तर, औपचारिक भेटको सूचीमा देउवासँगको भेटलाई राखेनन् । परराष्ट्रका एक अधिकारीले भने, ‘पाकिस्तानी प्रधानमन्त्री आफ्नै सूचीअनुसार आउनुभयो, प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाहेक अन्य भेटवार्ता हुने वा नहुनेमा हाम्रो भूमिका रहेन ।’

लोकप्रीय

Plataforma Premium de Apostas Online no Brasil

शुक्रबार पुस ११ , २०८२

AYOBET : Situs Slot Gacor Modal Kecil WD Selangit

शुक्रबार पुस ११ , २०८२

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

विचार

Plataforma Premium de Apostas Online no Brasil

शुक्रबार पुस ११ , २०८२

AYOBET : Situs Slot Gacor Modal Kecil WD Selangit

शुक्रबार पुस ११ , २०८२

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

थप समाचार

BetVIP

Plataforma Premium de Apostas Online no Brasil

शुक्रबार पुस ११ , २०८२
AyoBet

AYOBET : Situs Slot Gacor Modal Kecil WD Selangit

शुक्रबार पुस ११ , २०८२
Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Plataforma Premium de Apostas Online no Brasil

शुक्रबार पुस ११ , २०८२

AYOBET : Situs Slot Gacor Modal Kecil WD Selangit

शुक्रबार पुस ११ , २०८२

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.