यही आर्थिक वर्षभित्र फेवातालको मुद्दा टुङ्गिन्छ : मुख्यमन्त्री गुरुङ

११ असोज ७७, सोमबार

१२ असाेज, पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सीमाङ्कन र त्यससँग सम्बन्धित समस्यालाई यही आर्थिक वर्षभित्र समाधान गरिने बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलले आइतबार आयोजना गरेको ‘फेवा फुट टे«ल : वस्तुगत अवलोकन’ कार्यक्रममा उनले फेवातालको समस्या समाधान नहुँदा फेवातालका अन्य पूर्वाधारका कार्यले शुरु हुन नसकेको बताए ।

Advertisement

उनले भने, “अहिले राष्ट्रिय मुद्दा बनेको फेवातालको ठोस निर्णयको खाँचो छ, हामीले यसको वस्तुगत अध्ययनसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएका छौँ, अब यसको छिनोफानो छिट्टै हुन्छ, विकासले गति लिन्छ ।”

उनले विश्वमा ब्राण्डिङ्ग भएको पर्यटकीय शहर पोखरालाई ‘ग्लोरियस पोखरा’ बनाउन यहाँको प्रकृति र संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री गुरुङले कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायीलाई मौद्रिक नीतिअन्तर्गतको राहत प्याकेज उपलब्ध गराएर लगानीको सुरक्षा गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।

Advertisement

प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले रु छ खर्ब लगानी भएको पर्यटन क्षेत्रलाई अब सुरक्षा सतर्कता अपनाएर चलायमान बनाउनुपर्ने धारणा राखे । पोखरा ‘नेचुरल हस्पिटल’ भएकाले यसको प्राकृतिक सुन्दरता र स्वच्छता विश्व बजारमा बेचेर पर्यटनको उत्कृत्ट गन्तब्य बनाउन सकिने उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य राजीव पहारीले फेवाताल वरिपरिको १४ किलोमिटर फुट ट्रेलको लागि प्रदेश सरकारले ७० प्रतिशत लगानी गरे स्थानीय पहलमा ३० प्रतिशतको लगानीको जिम्मा आफूले लिने बताए। कोभिड–१९ का कारण यस वर्ष बाह् पर्यटकबिना पर्यटन दिवस मनाउनु परे पनि नयाँ सोच र धारणालाई जीवित राखेर अघि बढ्नु पर्ने उनको धारणा थियो ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विकासप्रति साझा धारणा आवश्यक रहेको जनाउँदै विकासको शुरुआत भएको बताए । उनले भने, “फेवातालको समस्या समाधानको लागि द्रुत गतिमा कार्य अघि बढेको छ, अब ढुक्क हुनुहोस् धेरै दिन कुर्नु पर्दैन ।”

टान पश्चिमाञ्चका अध्यक्ष हरि भुजेलले पोखराको गहना फेवातालको बारेमा चासो धेरैले राखे पनि यसको सम्भावनाको विषयमा विस्तृत अध्ययन हुन नसकेको बताए । संस्थाका उपाध्यक्ष सुशीलराज पौडेलले ग्रामीण पर्यटनलाई जोड दिंदै आएको टानले यस वर्ष कोभिड–१९ का कारण फेवातालको संरक्षण र पूर्वाधारमा जोड दिएर ताल पारि कार्यक्रमको आयोजना गरेको बताए ।

नेपाल पर्यटन बोर्डको समन्वयमा आयोजित कार्यक्रममा पोखराको माछापुच्छ«े प्रतिविम्ब पार्क ड्यामसाइडबाट १० वटा प्याडल डुङ्गामार्फत सामाजिक दूरी कायम गरेर पर्यटन विज्ञ, सरोकारवाला, व्यवसायी, सञ्चाकर्मीसहितको टोली कार्यक्रम स्थल पुगेको संस्थाका सचिव जीवनराज सापकोटाले जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top