यातना दिने शिक्षिकाको रिहाइका लागि अभिभावकहरूकै दबाब

२७ फागुन, काठमाडौँ । जडीबुटीस्थित जागृति एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई रिहा गरिदिन अभिभावकहरूले नै दबाब दिएका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा रहेकी सामाजिक विषयकी शिक्षिका कर्माचार्यलाई रिहाइ गर्न अभिभावकहरूले दबाब दिएका हुन्न् । परीक्षामा कम नम्बर ल्याएको भन्दै कर्माचार्यले विद्यालयमा कक्षा ६ का २७ र ७ का ९ जना विद्यार्थीलाई बिहीबार ब्लेडले नाडी चिर्न लगाएकी थिइन् ।

त्यसको भोलिपल्ट शुक्रबार अभिभावकहरू उजुरी गर्न विद्यालय पुगेका थिए । फागुन २३ गते विद्यार्थीलाई ब्लेडले चिर्न लगाउने शिक्षिका कर्माचार्यलाई विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार बर्खास्त गरिएको थियो । शनिबार प्रहरीले कर्माचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Advertisement

शनिबार पक्राउ परेकी शिक्षिका कर्माचार्य आइतबार र सोमबार पनि सार्वजनिक बिदा भएका कारण अदालतबाट म्याद लिएर उनको अनुसन्धान हुन सकेको छैन । मंगलबार उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा प्रहरीले यातना भोगेका विद्यार्थीका अभिभावक र एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठलाई वृत्तमा बोलाएर घटनाबारे जानकारी लिएको थियो ।

वृत्तका डीएसपी दुर्गाराज रेग्मीले प्रहरी हिरासतमा रहेकी शिक्षिकालाई रिहाइ गर्न प्रिन्सिपल र अभिभावकबाटै दबाब आएको बताए ।
शिक्षिकाविरुद्ध विद्यालय र अभिभावकका तर्फबाट जाहेरी नपरे पनि ‘बालबालिकासम्बन्धी ऐन–२०७५’ अनुसार मुद्दा दायर गरिने उनले बताए । सो ऐनको परिच्छेद ८ को दफा ६६ मा बालबालिकालाई विद्यालयमा कुनै किसिमको यातना, धम्की वा त्रास दिन नपाइने उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top