यी नेपाली जसले गाउन जानेका छन् ६५ देशका राष्ट्रगान

१० असोज ७७, आइतबार

१० असाेज, बागलुङ ।

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किए ।

विभिन्न देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।

Advertisement

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय उनको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उनी विश्वयात्रामा थिए ।

“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ”, उनले भने, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ÷दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।” नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहेका छन् । बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उनले सुनाए ।

Advertisement

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताए ।

हालसम्म उहाँले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डको भ्रमण गरिसकेका छन् । “पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ”, उनले भने ।

उनले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गरे । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले बताए । बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाए ।

यसैबीच, विश्व पर्यटन दिवसको सन्दर्भमा यही असोज ११ गते गायक नेपालीले एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउने कार्यक्रम तय गरिएको छ । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देश दिने उद्देश्यले सो कार्यक्रम राखिएको आयोजक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top