यी व्यक्तिले नपाउने भए कोरोना बीमा

१ बैशाख ७८, बिहीबार

२ बैशाख, काठमाडौँ । कोभिड–१९ बीमालेख (कोरोना बीमा) मा हालसम्म ६० हजार ५८७ जनाले दाबी भुक्तानी पाएका छन् । कोरोना बीमामा हालसम्म ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएका छन् ।

बीमा समितिका अनुसार चैत ३० गतेसम्ममा रू. ५ अर्ब ८५ करोड १५ लाख बराबरको दाबी भुक्तानी भएको छ । गत कात्तिकसम्म दाबी भुक्तानीमा ढिलाइ भएको थियो । तर, पछिल्लो समय दाबी भुक्तानी नियमित रूपमा भइरहेको छ ।

आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् ।

Advertisement

पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘पहिला कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको हो । तर, अहिले नियमित रूपमा भुक्तानी भइरहेको छ,’ उनले भने, ‘दाबी पाउन योग्य सबैले भुक्तानी पाउनेछन् ।’

कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू. ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ । तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन् ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top