गत शुक्रबार यूएईबाट आएकी महिलामा कोरोना संक्रमण पुष्टि

३० जेठ, काठमाडौं ।
युनाइटेड अरब इमिरेट्स (युएई)बाट गत शुक्रबार नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट युएईमा समस्यामा परेका नेपाली आएको टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।

उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो ।

Advertisement

उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top