रथयात्राको सुरक्षा ड्रोन क्यामराबाट

विराटनगर,भदौ १८
विराटनगरमा सोमबार आयोजना हुने श्रीराधाकृष्ण रथयात्राको सुरक्षा अवस्थाको ड्रोन क्यामराबाट निगरानी गरिने भएको छ ।प्रहरी प्रधान कार्यालयबाट बोइलाइएको प्रहरीको टोलीले आइतबार ड्रोन क्यामराको परीक्षण उडान समेत गरेको छ ।

श्री राधाकृष्ण धर्मशाला परिसरमा प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाल र मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीको उपस्थितिमा ड्रोनको परीक्षण उडान गरिएको छ । रथयात्राको क्रममा नगरक्षेत्रमा श्रद्धालु र दर्शनार्थीहरुको ठुलो भीडभाड हुने र सो क्रममा चोरी र पाकेटमारी लगायतका घटनाहरु समेत हुने गरेकाले यसपटक ड्रोन क्यामराबाट रथयात्राको निगारानी गरिने मोरङ प्रहरी प्रमुख एसपी केसीले बताए ।

एसपी केसीले यसपटक रथयात्रालाई सुरक्षितरुपमा सम्पन्न गर्न एकहजार बढी नेपाल प्रहरी परिचालन गरिने बताए । रथयात्राको क्रममा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेना समेत क्रममा खटिने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ ।

Advertisement

यसपटक ड्रोन क्यामराबाट सुरक्षा निगरानी गरिने भएपछि रथयात्राको क्रममा हुने अवांछित गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ । ड्रोन क्यामराबाट खिचिएका भिजुअलहरुलाई बिश्लेषण गरेर अवांछित गतिविधिमा संलग्नहरुको पहिचान गर्न सकिने भएकाले त्यस्ता गतिविधिमा कमी आउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top