राजदूत पराजुली र फिलिपिन्सकी समकक्षी प्यानोलोङ्गबीच भेटवार्ता

२९ भदौ ७७, मंगलबार

३० भदौ, दोहा ।
ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र ओमानका लागि मित्रराष्ट्र फिलिपिन्सकी राजदूत इमेल्दा प्यानोलोङ्ग बीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली दूतावासको कार्यकक्षमा भएको भेटका अवसरमा राजदूत हरूले दुई देशको आपसी सम्बन्ध तथा पारस्पारिक सहयोगका सम्बन्धमा आ–आफ्ना विचारहरू राखेको दूतावासले जनाएको छ ।

यस्तै राजदूत ढकालले ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरूसँग कोभिड–१९ को महामारी लगायत समसामयिक विषयमा दूतावासमा अन्तरक्रिया कार्यक्रम गरेको दूतावासले जनाएको छ । उक्त अवसरमा दूतावासका कूटनीतिक कर्मचारी लगायत स्थानीय कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।

Advertisement

राजदूत ढकालले भारतीय दूतावासमा उपस्थित भई भारतका पूर्व राष्ट्रपति स्वः प्रणव मुखर्जीको निधनप्रति नेपाली दूतावास ओमान, आफ्नो व्यक्तिगत तथा ओमानमा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फबाट समवेदना व्यक्त गरेको दूतावासले जनाएको छ ।

यस्तै, नेपाली राजदूत पराजुली ढकालले दूतावासमा नयाँ पदस्थापन भएका श्रम सहचारी दिनेश ढकाललाई औपचारिकरूपमा स्वागत गरिकी छन् ।

Advertisement

नयाँ श्रम सहचारीलाई शुभकामना दिँदै उनले सदैव ओमानमा रहेका श्रमिकहरूको पक्षमा काम गर्न निर्देशन दिएकी छिन् । दूतावासमा श्रम सहचारीको रुपमा कार्यरत कृष्णा कुमारी गौली आफ्नो कार्यकाल पुरा गरी यही साउन ३० गते नेपाल फर्किसकेको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top