राजनीतिक स्थिरताका लागि नै ताजा जनादेशमा जाने निर्णय भएको होः ईश्वर पोखरेल

११ फागुन ७७, मंगलबार

११ फागुन, चितवन ।
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले अहिलेको अवस्थामा ताजा जनादेशमा जाने विषय असंवैधानिक र अलोकतान्त्रिक नहुने बताएका छन् ।

Advertisement

प्रेस संगठन नेपाल, चितवन शाखाले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प भएको बताएका हुन् ।

“वैशाख १७ र २७ गते निर्वाचन हुँदै छ, यो निर्वाचन ताजा जनादेशका लागि हुँदै छ,’’ उनले भने, ‘‘ताजा जनादेशमा जानु हामी सबैको हितमा हुन्छ । यसले नेपाली जनताले आफूले इच्छाएको पार्टी र प्रतिनिधिलाई मतदान गरेर विजयी बनाउने अवसर आएको छ ।’’

Advertisement

उनले थपे, “ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन्छ ? चुनाव टार्ने, चुनाव हुन नदिने कोसिसहरुलाई पो त्यसरी भन्न सकिन्छ ।’’ उनले चुनावमा सबै दल सहभागी हुने पनि बताए ।

राजनीतिक स्थिरताका लागि नै ताजा जनादेशमा जाने निर्णय भएको उनको भनाइ छ । राजनीतिक स्थायित्व र विकासका लागि नै हिजोको दिनमा पार्टी एकता गरिएको भएता पनि देशमा पुनः संकट आइपरेकोले अहिले ताजा निर्वाचन नै विकल्प रहेको उनले बताए ।

Advertisement

उनले चुनावका लागि निर्वाचन आयोग र सुरक्षा निकायहरुले पनि तयारी गरिरहेको उल्लेख गरे । उनले ओली नेतृत्वको नेकपाले नै सूर्य चुनाव चिह्न पाउने दाबी गरे ।

‘निर्वाचन आयोगले सूर्य चुनाव चिह्न खारेज गर्ने कुरा छ नि ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, “केपी ओलीले नेतृत्व गरेको नेकपाले नपाएर अरुले सूर्य चिह्न पाउँछन् भनेर हामी विश्वास गर्दनौँ ।’’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top