राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न सकेन : बिश्वप्रकाश शर्मा

१० फागुन ७७, सोमबार

१० फागुन, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसकेको भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् ।

देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेको भन्दै उनले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

Advertisement

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नुपर्ने उनको भनाई छ ।

हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे देश सुन्दर हुन्छः कुलमान

Advertisement

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताएका छन् । आफ्नो कार्यकालमा ३५÷४० अर्ब नाफामा ल्याएको उनको भनाई छ ।

पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरेपनि देश सुन्दर हुने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top