१० भदौ, चितवन ।
टेलिभिजन प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएपछि मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै राजनीतिको विकल्प पनि खुला रहेको बताए ।
अहिले भने आफूले पत्रकारिताबाटै देश र जनताका लागि खरो रुपमा काम गर्ने उनको भनाई थियो । पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले सम्भावनाको ढोकामा ताल्चा हैन चुकुलमात्र लागेको बताए ।
सञ्चारकर्मबाटै राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै रविले बेथिति र बिसंगतिलाई पर्दाफास गर्ने क्षमता होस् किन गर्नुपर्छ राजनीति । तर हुन सकेन, जति गर्दा पनि केही लागेन भने त्यो विकल्प नै होइन, त्यसको बाटो नै छैन भनेरचाहिँ म भन्दिनँ,’ उनले भने, ‘तर अहिले यतिखेरचाहिँ अझ बढी जिम्मेवार भएर खबरदारीमा नै आफूलाई व्यस्त बनाउन चाहान्छौं ।’