राजसंस्था समर्थित प्रदर्शनमा किन नजान भन्यो सरकारले ?

१५ मंसिर, काठमाडौं । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै केहिदिन यता देशमा गतविधि बढाएका छन् ।

राजसंस्था पक्षधरहरुले देशका मुख्य शहरहरुमा बाइक र्याली निकालिरहेका छन् । विराटनगर, पोखरा, धनगढी, मकवानपुर, बुटबलमा यसअघि पनि प्रदर्शन भएको थियो । सोमबार मात्रै पनि काठमाडौंको माइतिघरमा राजसंस्था समर्थकहरुले प्रदर्शन गरे । सत्तारुढ नेकपाभित्रै विवाद चर्किरहेका बेला राजावादीहरुको बढ्दो सक्रियता अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुर्नस्थापनाको माग राख्दै आएको छ । आइतबार मात्रैपनि राप्रपाका एक अध्यक्ष पशुपति शमशेर राणाले विज्ञप्ती जारी गर्दै राजसंस्थाको माग राखेका छन् । विज्ञप्तीमा उनले राजसंस्था र हिन्दू राष्ट्रप्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउनु सबैको कर्तव्य भएको बताएका छन् । तर राजसंस्था समर्थकहरुको सक्रियता र गतिविधिमा उदार रहेको सरकारले आइतबार भने त्यस्ता गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले राजावादीहरुको प्रदर्शनतर्फ संकेत गर्दै प्रतिक्रियावादी र पुर्नउत्थानवादीहरुका गतिविधिमा सहभागी नहुन अपिल गरे ।

राजावादीहरुको बढ्दो सक्रियताकाबीच सरकारले त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेको भोलीपल्टै आज सोमबार काठमाडौंमा राजसंस्थाको समर्थन गर्दै प्रदर्शन भयो । सत्तारुढ दल नेकपा नै कुर्सीको भागबन्डामा लिप्त रहेको बेला व्यवस्था परिवर्तनको माग गर्दै लगातार हुने गतिविधिका विरुद्धमा सरकारले कदम चाल्छ कि चाल्दैन ?

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top