राजा महाराजा जस्तो गरेर हिँडने राष्ट्रपति होइन, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन सकिन्छः प्रचण्ड

६ मंसिर, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा महाराजा जस्तो गरेर हिँडने राष्ट्रपति नभइ जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन सकिने बताएका छन्।

सोमबार पूर्वी चितवनस्थित टाँडीमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनु पर्ने बताएका हुन्।

Advertisement

’राजा महाराजा जस्तो गरेर हिँडने राष्ट्रपति नभइ जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन सकिन्छ,’ उनले भने, ’प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गयौं भने राम्रो हुन्छ।’ त्यसका लागि सबै केही दिन सडकमा आइदिए पुग्ने उनको भनाइ थियो।

निर्वाचन खर्चिलो हुँदै गएको भन्दै उनले निर्वाचन प्रणाली हेरफेर गर्नुपर्ने बताए। उनले प्रत्यक्ष भन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली उपयुक्त रहेको बताए।

Advertisement

’निर्वाचन प्रणाली हेरफेर गरेर एकै चोटी गर्ने प्रस्ताव त मैले राखिसकेको छु’ प्रचण्डले भने, ’खर्चिलो निर्वाचन प्रणाली पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनायो भने कसैको खर्च पनि पर्दैन।’

भडकाववादीलाई परास्त गर्न तयार रहन प्रचण्डले कार्यकर्तालाई आग्रह गरे। आफू चितवनमात्र नभइ देशलाई राम्रो बनाउने दिशामा अघि बढेको उनको भनाइ छ।

चार महिनाभित्र चितवनलाई अर्कै बनाउने उनले बताए।

नेकपा एमाले र केपी ओली गुट झुटो बोलेर भ्रम छर्न र ठग्नमात्र सिपालु भएको भन्दै उनीहरुले केही नगर्ने प्रचण्डको भनाइ थियो।

माओवादी पार्टी असफल भए राष्ट्र असफल हुने भन्दै प्रचण्डले निराश भएर टुटफुट विभाजनमा लागेर उपलब्धि गुम्न दिन नहुने बताए। क्रान्तिको रक्षा र सफलताका निम्ति लडिरहनु पर्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top