राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ आजबाट नागरिकका लागि खुला

५ मंसिर ७७, शनिबार

काठमाडौँ: राजा–रानीको निजी निवास कस्तो होला भन्ने कौतूूहल अब बल्ल मेटिने भएको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला गर्न लागिएको छ ।

तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाउनुभएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो । युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार श्रीसदन निर्माणपछि राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट सर्नुभएको थियो । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने जानकारी दिँदै भन्नुभयो, “अब सबैको प्रतीक्षा सकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउनेछन् । ”

Advertisement

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ ।

श्रीसदनमा १२ वटा कोठा छन् । तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न भइसकेपछि प्राकृतिक रूपमा देखिने भन्दै भवनबाहिर रङरोगन गर्न दिनुभएन । तीनतले सो भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा (डाइनिङ हल) र विश्राम गर्ने कोठा रहेको छ । दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्रीसदनको भुइँतलामा बस्ने गर्नुहुन्थ्यो । उहाँ त्रिभुवन सदनमा सर्नुभएपछि सो कोठा खाली थियो । भुइँतलामा मदिरा पिउन बारको समेत व्यवस्था थियो । दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी कसले लग्यो भन्ने अत्तोपत्तो नभएको दरबारका पुराना कर्मचारी सुनाउँछन् ।

Advertisement

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ । रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन् । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको शयन कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको शयन कक्ष छ ।

सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने जानकारी दिनुभयो । उहाँका अनुसार ग्यारेजमा सो कारका साथै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्रयोग गर्नुभएका गाडी, दीपेन्द्र, श्रुति र नीराजन शाहले सानोमा प्रयोग गर्नुभएको खेलौना गाडी, वीरेन्द्रले प्रयोग गर्नुभएको हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने भएको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top