रारा घुम्ने पर्यटक बढे, व्यवसायी उत्साहित

१७ कात्तिक ७७, मंगलबार

१८ कात्तिक, जुम्ला ।

नेपालकै ठुलो तथा आर्कषक पर्यटकिय गन्तव्य मुगुको रारा तालमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जारी लकडाउन खुकुलो भएसंगै करिब ७ महिनापछि रारा हेर्न आउने पर्यटकको भिड लाग्न थालेको हो । पर्यटकिय गतिविधि बढे संगै मुगुका व्यवसायी खुसी भएका छन् ।

Advertisement

कर्णालीका मुगुको राराताल, जुम्लाको तातोपानी, चन्दननाथ, बौद्ध स्तुपा, गुठिचौर, डोल्पा शेफोक्सन्डो, हुम्ला मानसरोवरमा पर्यटकिय गतिविधि बढेका हुन् । कोरोनाले बाह्य पर्यटकहरुको आगमन असहज भएपनि आन्तरिक पर्यटकहरु भने परिवारसहित राराताल पुग्ने गरेका छन् ।

रारा राष्ट्यि निकुन्जका निमित्त प्रमुख पदम बुढाले चालु आवको असोज सम्म ५ सय बढी पर्यटक रारा आएको बताउनुभयो । बीचमा हुने बन्दाबन्दीको अवस्थालाई हेर्दा अन्य पर्यटकिय क्षेत्रभन्दा रारामा पर्यटक उल्लेखीय आएको निकुन्जको दाबी छ । कार्तिक महिनामा भने दशै लक्षित गरी दैनिक डेढ सय भन्दा बढी पर्यटक आएका छन् । तर रिर्पोट सार्वजानिक नभएको बुढाको भनाई छ ।

चिसो बढ्दै गएकाले तिहारपछि भने पर्यटक घट्ने बुढाको भनाई छ । रारामा आजभोली चाडपर्वलाई लक्षित गरी परिवारसहित घुम्न आउने बढेको समेत उल्लेख गरे ।

सुनसान बनेको रारामा आन्तरिक पर्यटक बढ्दै आर्थिक गतिविधि पनि बढेको होटल व्यवसायी बताउँछन् । हुटुस्थित डाँफे गेस्ट हाउसका प्रबन्धक बलीराज शाहीले भने, “पर्यटक बढ्न थालेपछि बिदामा बसेका होटल कर्मचारीलाई रारा बोलाएको छु ।” पुन रारामा पर्यटकिय गविधिले पुरानै लय लिन थालेको पर्यटन व्यवसायी शाही बताउँछन् ।

करिब एक महिनाकै अवधिमा अधिकांश दिनमा पर्यटकले हुटुका होटल भरिभराउ हुन थालेका छन् । पर्यटक बढेसँगै लामो समयदेखि बन्द रहेका झ्यारी, डाब, ताल्च लगायत क्षेत्रका होटल पनि खुल्न थालेको व्यवसायी शाहीको भनाई छ ।

रारा घुम्न आएका आन्तरिक पर्यटक डुंगा चढेर रमाउने गरेको व्यवसायी दानबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार केही पर्यटक घोडामा चढेर आसपासका गाउँमा घुम्न थालेका छन् । जुम्ला देपालगाउँका नेत्रराज गिरीले पनि आफ्नो पुरै परिवारलाई रारा घुमाएर ल्याएका छन् ।

नेपालका विभिन्न जिल्लाबाट दैनिक सय जनासम्म पर्यटक रारामा आउन थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top