राष्ट्रपति भण्डारीसँग चिनियाँ रक्षामन्त्रीको शिष्टाचार भेट

१४ मंसिर, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हेले आज साँझ शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वतन्त्रताको सम्मान र आन्तरिक मामिलामा चीनको अहस्तक्षेप नीतिको प्रशंसा गर्नुहुँदै नेपाल चीन सम्बन्धको विकासमा यो भ्रमण महत्त्वपूर्ण कोशे ढुङ्गाको रुपमा रहने विश्वास व्यक्त गरेकाे  राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

Advertisement

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षा मन्त्री वेइले शिष्टाचार भेट गरेका थिए । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल चीनबिचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकाे प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

आजै रक्षा मन्त्री वेइ र प्रधान सेनापति पूर्णचन्द्र थापा बिच आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।भेटवार्तामा कोभिड–महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरूलाई सुचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

Advertisement

रक्षा मन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्दै उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरू यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिएको नेपाली सेनाले जनाएको छ ।

यस भ्रमणले दुई देशका सेनाबिच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

रक्षा मन्त्री वेइको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबिचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top