NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

राष्ट्रसङ्घको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीकाे सम्बोधन : ‘गरिबी मुख्य चुनौती’

शुक्रबार अशोज ९ , २०७७
Reading Time: 1 min read
A A
राष्ट्रसङ्घको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीकाे सम्बोधन : ‘गरिबी मुख्य चुनौती’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको अवसरमा बिहीबार आयोजना गरिएको ‘गरिबी चौबाटोमा ः भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहुआयामिक गरिबी सूचकाङ्कको प्रयोग’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमानमा स्वास्थ्य र आर्थिक सङ्कटका बीच नागरिकमा लगानी गर्नु र उनीहरूलाई पुनः गरिब बन्नबाट रोक्नु एउटा महìवपूर्ण चुनौती हुने बताउनुभएको हो ।

महामारीले पूर्ण गरिबी अन्त्य गर्न र चाँडोभन्दा चाँडो गरिबीका अन्य सबै रूपलाई कम गर्न भइरहेको प्रयासमा गम्भीर असर पारेको उहाँले औँल्याउनुभयो । “हामी महामारीका कारणले उत्पन्न भएका स्वास्थ्य र आर्थिक दुवै असरबाट हाम्रा नागरिकको जीवन बचाउन सक्दो प्रयास गरिरहेका छौँ, म दृढ विश्वास गर्दछु कि इमानदार राष्ट्रिय प्रयास र बृहत्तर विश्वव्यापी विकास सहयोग र समर्पित समर्थन उपायहरूका साथ हामी यस महामारीलाई पार गर्न, आर्थिक सुधार प्राप्त गर्न र छिटो विकासको बाटोमा जान सक्दछौँ,” प्रधानमन्त्री ओलीले नेपालको प्रयासबारेमा भन्नुभयो ।

LS Auto

दिगो विकासको एजेन्डा २०३० प्राप्त गर्न अब एक दशक मात्र बाँकी रहेका बेला निम्तिएको यस्तो चुनौतीमा गरिबी न्यूनीकरण गर्न गरिएको प्रगति र समग्र विकास प्रयासहरूको मूल्याङ््कन गर्ने प्राथमिक सूचक हुनुपर्छ, उहाँले भन्नुभयो ।

गरिबीलाई बहुआयामिक समस्याका रूपमा हेर्ने नेपालको दृष्टिकोणलाई जोड दिँदै नेपालको संविधानले बहुपक्षीय गरिबीका धेरै सूचकलाई नागरिकको मौलिक हकका रूपमा समावेश गरेको भन्नुहुँदै उहाँले खान पाउने अधिकार, आधारभूत शिक्षा र प्राथमिक स्वास्थ्य सेवाको अधिकार, सफा पानी र सरसफाइको अधिकार, सभ्य आवासको अधिकार र सामाजिक संरक्षणको अधिकार समावेश रहेको बताउनुभयो । संविधानले समतामूलक समाज स्थापना गर्नका लागि प्रयास गर्न मार्गदर्शन गरेकाले नेपालको आर्थिक नीतिहरूले समानता र सामाजिक न्यायका साथ आर्थिक वृद्धिलाई लक्षित गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको लक्ष्यका बारेमा प्रस्ट्याउँदै थप्नुभयो, “सबै प्रकारका विभेद, वञ्चितता अन्त्य गर्नु र जनताको जीवनस्तर सुधार गर्नु हाम्रो लक्ष्य हो । कोही पनि भोको हुँदैन र कोही भोकले मर्दैन, त्यसप्रति हामी प्रतिबद्ध छौँ । सबै प्रकारका गरिबी अन्त्य गर्न सकेसम्म चाँडो मानव सुरक्षाको रक्षा गर्नु नै हाम्रो लक्ष्य हो ।” पछिल्लो समय कोभिड–१९ बीमासमेत कार्यान्वयनमा रहेको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार सरकारी लक्षित कार्यक्रमहरू, लघु वित्त सेवाहरू, सहकारी र सामुदायिक सङ्गठनहरूको हस्तक्षेपमार्फत आय आर्जनका गतिविधिहरू केही वर्षका लागि निरपेक्ष गरिबीलाई प्रतिवर्ष एक प्रतिशतभन्दा बढी अङ्क कम गर्न नेपाल सफल भएको छ । यी सबैले समग्र गरिबी घटाउने र मानव विकास सूचकाङ्कमा सुधारका लागि योगदान पु¥याएका छन् ।

निरपेक्ष आम्दानी बाहेकको अवधारणाबाट गरिबीलाई हेर्ने फरक दृष्टिकोण नेपालले संस्थागत गरेकाले गरिबीलाई बहुआयामिक घटनाका रूपमा हेर्दै राष्ट्रिय विकास रणनीतिमा गरिबीको मौद्रिक र गैरमौद्रिक दुवै पक्षमा बहस गरिरहेको जानकारी उहाँले बैठकमा गराउनुभयो ।

नेपालले गरिबीको मौद्रिक र गैरमौद्रिक उपायहरूको अनुगमनका लागि जीवित मानक सर्वेक्षण, बहुसूचक सर्वेक्षण र जनसाङ्ख्यकीय स्वास्थ्य सर्वेक्षण गरिसकेको छ । त्यस्तै सन् २०२१ मा हुने जनगणनाको १२औँ चरणले यस प्रक्रियामा उल्लेखनीय मूल्य थप्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । उच्च सङ्कटको यो घडीमा देशहरूका लागि आर्थिक प्राथमिकता पुनर्संरचना गर्ने उत्तम समय हो, जसले आधारभूत सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षाको निर्माणका लागि स्रोतहरूको पुनः विनियोजन गर्छन्, उहाँले भन्नुभयो । सो अवसरमा अफगानिस्तानका राष्ट्रपति, चिली, कोस्टारिका र इक्वेडरका उपराष्ट्रपति, होन्डुरस र पाकिस्तानका प्रधानमन्त्री पनि सहभागी हुनुहुन्थ्यो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.