राष्ट्रियसभाका महिला सांसदले गरे सरकारलाई खबरदारी

0SHARES

नेपाल टाईम्स

२० जेष्ठ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यहरुले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतबाट फर्किनेहरुको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन् ।

लकडाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लकडाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउने गरी कामगर्न आग्रह गरिन् ।

सदस्य कोमल वलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको बताइन् ।

प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किटहरुको अभाव रहेको प्रति उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारी लगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्ने बताइन् ।

सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा संक्रमणको दर बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् ।

Facebook Comments

विज्ञापन बक्स