राष्ट्रियसभामा उठ्यो क्वारेन्टाइनदेखि मंगलबारे अस्पतालसम्मका विषय

२ असार ७७, बुधबार

३ असार, काठमाडौं ।
राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको बैठकमा बोल्ने सांसदहरुले क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

सरकारले रोजगारी नदिएर धकेलीधकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्त भएकोले उद्दार गर्न नसकेको उनले बताए । उनले भने, ‘‘राम्रा राम्रा र बलियाबलिया युवाहरु रोजगारीकालागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ ।

Advertisement

भाडा तिर्ने पैसा छैन् शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेलीधकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तीनिहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’

उनले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताए । सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरिन् ।

Advertisement

६ महिना अगाडी दुर्घटनामा श्रीमान गुमाएकी ति महिलालाई पहिले देखि नै घरका सदस्यले मानसिक तनावदिँदै आएको कुराहरु बाहिर आइरहेको उल्लेख गर्दै उनले दोषिलाई कडा कारवाही गर्न माग गरिन् । सांसद शारदा देवीभट्टले कैलाली घटनाका दोषिलाई कडा कारवाही गर्न माग गरिन् ।

महिलाहरु बाहिरको क्वारेन्टाइनमा असुरक्षीत रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न उनले आग्रह गरिन् । सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवादिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीयतहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःखलाग्दो भएको बताइन् ।

उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गरिन् । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताए ।

हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उनले बताए । सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेको प्रति आपत्ति जनाए ।

स्थानीयहरुको विरोधका बीच प्रदेशको नाम परिवर्तन भएको उनले बताए । अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफुले जग्गा उपलब्ध गराउने उनले बताए ।

सांसद सुमनराज प्याकुरेलले सम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडी बढ्न नसकेको प्रति दुःख व्यक्त गरे । प्रहरीको टर्चरका कारण मृत्यु भएको भन्दै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उनले सरकारी वकिल कार्यालयबाट मुद्दा दर्ता भएपनि छानबिन सुरु नभएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top