राष्ट्रिय एकतामा चाडपर्वको भूमिका महत्वपूर्ण – मुख्यमन्त्री पोखरेल

५ साउन ७८, बुधबार

६ साउन, गण्डकी ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

Advertisement

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा भनिएको छ

। अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मान्यता छ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । इस्लाम पात्रो ‘हिजारी संवत्’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औँ दिन यो पर्व मनाउँदै आएको पाइन्छ ।

विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरसविरुद्धको सङ्घर्षमा सफलता प्राप्त गर्न र महामारीका बेलामा अझ दरिलोरूपमा जुट्न आजको दिनले हामी सबैलाई हौसला मिल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top