राष्ट्रिय क्रिकेटर ललित भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते

२८ भदौ ७७, सोमबार

२९ भदौ, काठमाडौं ।

राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । आईतबार कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा भण्डारीको टाउको, कम्मर र हातमा चोट लागेको छ ।

Advertisement

घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् । दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोमा भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लागिएको छ । भण्डारीको स्वास्थ्य अवस्था मध्यम रहेको जनाईएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाे कञ्चनपुरका डीएसपी अमर थापाले बताए ।

२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए। पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top