राष्ट्रिय सभामा सांसदको कविता वाचन : सरकारप्रति तीखो व्यङ्ग्य (भिडियो )

२२ माघ, काठमाडौँ ।
समाजवादी पार्टीका राष्ट्रियसभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाईरस भन्दा पनि खतरनाक भ्रष्टाचार नामको भाईरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मुल्य र वेरोजगारीको चपेटामा समाज पर्दै गएको र त्यसैमा आधारित भएर युवाहरुले चोक चोकमा मुक्तक गाउने गरेको बताए । उनले भ्रष्टाचार, वेरोजगारी र चर्को बजारमुल्य प्रति व्यंग्य गर्दै उनले बैठकमै कविता वाचन गरि सरकारलाई व्यंग्य गरे ।

“नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि
अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि
तरकारी बजार देखी सरकारी कार्यालयसम्म भ्रष्टाचार झांगीसक्यो,
शैसब कालमै सम्मृद्धिलाई कोरोना भाईरसले खाईसक्यो ।
समानता स्वतन्त्र शिकिस्त छन् , लोकतन्त्र पनि थलो ल परिसक्यो
संघीयता , गणतन्त्र छटपटिदै छन् यहाँ ,
समावेशीताको पारा झरिसक्यो
आफ्नै भूमिका नागरिकता दिदैनौ ठानेर विदेशी
के अपराध भो जन्मनु भई जनजाति र मधेशी
गास,बास ,कपास माग्दा कुरा मात्रै चिला
जनता आवास, भूमि ऐन पनि कहा छ र गतिला ?
हिड्ने सडक माग्दा जहाजको कुरा झिक्छौ
सत्ता टिकाउन ,विदेशी डलर पाउन आफै किन बिक्छौ ?
यहाँ सम्म कि सरकार,
यति सम्झौता, गोकर्ण रिसोर्ट र मेलम्ची ठेक्कामा के ठिक छौ ?
सरकार,
न्याय र समानताको नारा लगाउछौ बेसरी
समान दोषमा कोही सत्तामा त कोही जेलमा कसरी ?
ढुकुटीमा मोजमस्ती, अनुदानमा गर्छौ भोज,
जनता किन भोकै छ् गर्यौ कहिलेही खोज ?
देश बनाउन युवा शक्ति खाडीमा फाल्दैछन् ज्यान,
के पाए युवाले सिवाय तिरस्कार र अपमान
तिमिलाई छुट कसरी ? गर्न वाईड वडी र एनसेल काण्ड
पुखौको पौरख गुमाउदै हसाई पुरै ब्रह्माण्ड ?
प्याजको भाउ घट्दै गर्दा कुखुराको भाउ आकासिसक्यो
के गर्यौ सरकार कुखुराको मुल्यले होलिको मुखैमा पिरोलिसक्यो ।”

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

सम्बन्धित समाचार

Scroll to Top