राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान स्थलको सम्पूर्ण तयारी पुरा

४ जेठ ७८, बुधबार

५ जेठ, मकवानपुर ।

राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदान स्थलको सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

कोरोना भाइरस संक्रमणको उच्च जोखीमका बीच हुन गईरहेको निर्वाचनमा आयोगको निर्देशन अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने बताईएको छ ।

Advertisement

निर्वाचन गराउन हेटौँडाको भुटनदेबी उच्च माविमा ३ वटा मतदान केन्द्रको ब्यवस्था गरिएको छ । एकसय ९ जना प्रदेश सांसदका लागि एउटा मतदान केन्द्र्र एक सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३८ मतदाताका लागि एउटा मतदान केन्द्रको ब्यवस्था मिलाईएको छ । यी मतदाता मध्य कोरोना संक्रमीत मतदाताका लागि छुट्टै मतदान केन्द्र तोकीएको छ ।

निर्वाचनमा सहभागी हुने कर्मचारी, मतदाता र सुरक्षाकर्मीको अनिवार्य पिसीआर ब्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्द प्रसाद पौडेलले जानकारी दिए । पीसीआर नभएका मतदाताको मतदान स्थलमै एन्टीजेन्ट बिधीबाट कोरोना परिक्षण गरी मतदानमा सहभागिता गराउने व्यवस्था मिलाईएको छ ।

Advertisement

राष्ट्रिय सभा उपनिर्वाचनमा बाग्मती प्रदेशका एकसय ९ प्रदेश सांसद र यसै प्रदेशका एकसय १९ वटा स्थानीय तहका प्रमुख उपप्रमुख दुई सय ३८ गरी ३ सय ४७ मतदाता सहभागी हुनेछन् । मतदान स्थलमा भिड हुन नदिन बाहीर टेण्ट राखेर बस्ने ब्यवस्था मिलाईएको छ ।

कोभिड संक्रमीत मतदातालाई छुट्टै प्रबेशद्वार र छुट्टै मतदान केन्द्रको ब्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलमा दुई मिटर दुरीमा उभिन गोलो रातो घेरा बनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top