राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

२० पुस ७५, शुक्रबार

काठमाडौँ ,पुस २०

Advertisement

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

Advertisement

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु सात करोड ४२ लाख गरी कूल एक अर्ब ४८ करोड ३५ लाख निक्षेपका रुपमा राख्न प्रस्ताव माग गरेको हो ।

Advertisement

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ । बैंकका अनुसार रकम लिन तोकेको सिलबन्दी दरभाउपत्रसम्बन्धी फारम भरी आगामी आइतबार प्रस्ताव पेश गर्न भनेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top