राहुल गान्धी र प्रियंका गान्धी पक्राउ

१५ असाेज, नोइडा।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका दुई शिर्ष नेता बिहीबार गिरफ्तारीमा परेका छन् । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना द्रतमार्ग नजिकैबाट बिहीबार दिउँसो गिरफ्तार गरेको हो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामुहिक बलात्कारपछि हत्या गरिएकीको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई गिरफ्तार गरिएको समाचारमा जनाइएको छ । उहाँहरुलाई उत्तर प्रदेशको प्रहरीले नियन्त्रणमा लिएर गिरफ्तार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । गान्धीद्धयसँगै अन्य केही नेताहरुलाई पनि गौतम बुद्ध नगरबाट गिरफ्तार गरेको हो ।

Advertisement

काँग्रेस कार्यकर्ताहरुका अनुसार दिल्ली नोइडा राजमार्गमा र्याली गरेर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई प्रहरीले अवरोध गरेको थियो ।प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुदै प्रश्न गरे, “के यो मुलुकमा मोदीजी मात्रै हिड्न पाउने व्यवस्था छ र ?” उनले भारतमा सामान्य मान्छेहरु हिड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरे।

नेता गान्धीले आफूलाई प्रहरीले जवरजस्ती समातेर लाठी चार्ज गरेको, भुइमा लडाएको र धकेलेको आरोप पनि लगाउनु भएको छ । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफुहरु हिडेको भन्दै प्रहरीलाई आफूलाई हिड्न दिन आग्रह गरेका थिए ।

Advertisement

“म एक्लै हथ्रास तर्फ हिडेर जान चाहन्छु, कृपया मलाई हिड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ र?,” उनले भनेका थिए । उनको त्यो प्रश्नपछि प्रहरीहरुले उत्तर दिदै भनेका थिए, “ सरकारले जारी गरेको आदेश पालना नगरेकाले हामीले तपाईलाई आइपिसीको १८८ अनुसार गिरफ्तार गर्दैछौँ ।”

नोइडाको अतिरिक्त नायव प्रहरी आयुक्त रणविजय सिंहले कोरोनाभाइरसको महामारीका कारण सरकारले महामारी ऐन अनुसारको आदेशहरु जारी गरेको र त्यसलाई उनीहरुले उलंघन गरेको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top