रिजालले मोरङ–२ मा काम गरेको एउटै प्रमाण ल्याए तत्काल उम्मेदवारी फिर्ता गर्छु ः ऋषिकेश पोखरेल

१६ मंसिर ७४, आइतबार

विराटनगर, मंशिर १७
मोरङ क्षेत्र नं. २ का वाम गठवन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऋषिकेश पोखरेलले निर्वाचन नजिकिदै जाँदा घरदैलो तथा कोणसभालाई तथा व्यक्तिगत भेटघाटलाइ अझ तिब्रता दिन थालेका छन् ।
उहाँले आइतबार उक्त निर्वाचन क्षेत्र अन्तर्गत कानेपोखरी गाँउपालिका–३ का विभिन्न स्थानमा पुगेर घरदैलो गरेका हुन् ।
कानेपोखरि गाउँपालिका ३ अन्तर्गत हरकपुरका सवैटोलमा पुगेर घरदैलो गर्नुभएको छ । सयौँ मोटरसाइकल र साइकल र हजारौँ कार्यकर्ता सहित पैदलनै हिडेर जनताको घरघरमा पुगेर उनले मत मागेका छन् ।
घरदैलो अघि गरिएको कोणसभालाई सम्बोधन गर्दै उनले अबको निर्वाचनपछि मुलुकमा बामपन्थिको सरकार बनाउन कुनै ताकतले रोक्न नसक्ने बताउँदै उनले सरकार वामपन्थिकै बन्नेभएकाले वामपन्थिकै प्रतिनिधि चुन्न आफुलाई मतदान गर्न अपिल गरे ।
उम्मेदवार पोखरेलले अब बन्ने वामपन्थिको सरकारले युवाहरुका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर १० लाख सम्म निब्र्याजी ऋण दिने, एकल महिला, जेष्ठनागरिक, तथा आपाङगता भएका व्यक्तिलाई अहिले दिदै आएको सामाजिक सुरक्षभक्ता बढाएर ५ हजार पु¥याउने लगायतका कार्यक्रमहरु ल्याउने बताए ।
उनले विपक्षिले जनतामा जतिनै भ्रम सृजना गर्न खोजेपनि जनतालाइ यथार्थ थाहा भएको बताउनुभयो । उनले आफुले ३ वर्षको अवधिमा दर्जनौँ काम गरेको बताउँदै आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालले सो क्षेत्रका लागि एउटापनि काम गरेको प्रमाण ल्याए आफुले तत्काल उम्मेदवारी फिर्ता लिने घोषणा गरे ।
उम्मेदवार पोखरेलले आफ्ना प्रतिष्पर्धी रिजालले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति खर्चगरिरहेको बताए । उनले भने ‘ मिनेन्द्र रिजालले हरेक वाडमा चुनाव प्रचारमा २ वटा गाडि र चोकचोकमा भट्टी पसल सञ्चालन गरेका छन् । कसैले श्रम गरेर कमाएको पैसा त्यसरी खर्च गर्छ ? उनले त देश लुटेको पैसा खर्च गरिरहेका छन् । ’
उनले जनताले आफुलाई मत दिएर निर्वाचीत गराए कसैले पनि मत दिए वापत शिर झुकाउने अवश्था आउनै नदिने बताउनुभयो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top