रिडी हाइड्रोपावरले साढे ८ मेगावाट सोलार आयोजना बनाउने

काठमाडौं,भदौ ३०
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८।५ मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने भएको छ । कम्पनीले बुटवलमा सोलार आयोजना बनाएर बिजुली उत्पादन थाल्ने भएको हो ।

कम्पनीले सोलार आयोजना बनाउन बैंकबाट ऋण लिने भएको छ । आउदो असोज २० गते बस्ने १७ औं वार्षिक साधारणसभाबाट ऋण स्वीकृतका लागि प्रस्ताव पेश हुने रिडीले जानकारी दिएको छ । ऋण स्वीकृत भएपछि कर्जा लिने प्रक्रिया अघि बढ्ने छ ।

सोलार आयोजनालाई लगानी जुटाउन कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ ।

Advertisement

बोनस सेयर बाँडफाँडपछि कायम हुने चुत्तापुँजीको शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको चुत्तापुँजी ५० करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ । कम्पनीले २।५ मेगावाटको रिडी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top