रियल मड्रिडको लय बिग्रियो : १० वर्षयता सबैभन्दा खराब स्थितिमा

६ फागुन ७५, मंगलबार

उसले यो सिजन लिगको छैटौं खेलमा आफ्नो घरमा सेभिल्लासँग ३–०, आठौं खेलमा अवे मैदानमा आलभेससँग १–०, नवौं साताको खेलमा आफ्नो घरमा लेभान्टेसँग १–२, दशौं खेलमा बार्सिलोनासँग अवे मैदानमा ५–१, १३औं खेलमा अवे मैदानमा एइबारसँग ३–०, १८औं खेलमा आफ्नो घरमा रियल सोसिडाडसँग ०–२ ले हारेको थियो । हालसालै जिरोनासँग अवे मैदानमा १–२ ले हारेपछि रियलको यो सिजनको हार संख्या ७ पुगेको छ ।

यो सिजन रियलले कूल २४ खेल खेल्दा १४ खेल जितेर ३ खेल बराबरी गरेको छ भने ७ खेल हारेको छ ।

र, रियलको हालको अवस्था पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो सन् २००९ मा रियल मड्रिडमा आएर गत वर्ष छाडेयताकै सबैभन्दा खराब हो । रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियलमा अनुबन्ध भएका थिए ।

Advertisement

३४ वर्षीय रोनाल्डो यसै सिजनको सुरुमा १ सय १२ मिलियन युरोमा रियल छाडेर युभेन्टस पुगेका थिए । युभेन्टस गएपछि रोनाल्डो उत्कृष्ट लयमा छन् ।

रियलले यो सिजन घरेलु लिग ला लिगामा भोगेको ७ हार सन् २००९÷१० यताकै सबैभन्दा बढी हो । रियलले सन् २००८÷२००९ मा सबैभन्दा सिजनभरमा १० खेल हारेको थियो, जतिबेला रोनाल्डो रियल आइसकेका थिएनन् ।

त्यसयता रोनाल्डो टोलीमा आएपछि रियलले सिंगै सिजनमा ६ भन्दा बढी खेल हारेको थिएन । तर, रोनाल्डोले रियल छाडेकै वर्ष रियलले २४ खेल सकिँदा ७ खेल हारिसकेको छ । जब कि, लिगमा अझै १४ खेल खेल्नै बाँकी छ ।

रियलको लिगको हारको तथ्यांक :

सिजन २००८/०९ — १०
सिजन २००९/१० — ४
सिजन २०१०/११ — ४
सिजन २०११/१२ — २
सिजन २्र१२/१३ — ५
सिजन २०१३/१४ — ५
सिजन २०१४/१५ — ६
सिजन २०१५/१६ — ४
सिजन २०१६/१७ — ३
सिजन २०१७/१८ — ६
सिजन २०१८/१९ — ७ (१४ खेल बाँकी)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top