रियादबाट २४७ नेपाली लिएर फर्कियो नेपाल एयरलाइन्स, राजदूतले गरे बिदाई

६ असार ७७, आइतबार

योगेन्द्र योगी
७ असार, दोहा ।

कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी २४७ जना नेपाली स्वदेश फर्किएका छन् ।

साउदीको राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट एक नावालक सहित २४७ जना नेपालीहरु स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

Advertisement

यसै उडानबाट विगत ६ महिना देखि नेपाली दूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपाली राजदूत डा: महेन्द्र प्रसाद सिंह राजपूत आफै बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गरेका थिए भने दूतावासका अन्य कर्मचारीहरू पनि विदाई गर्न बिमानस्थल पुगेका थिए ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण योगदान गर्न पनि स्वदेश फर्कन लागेकाहरुलाई राजदूत राजपूतले सुझाव दिएका थिए ।

बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्केका थिए । दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ ।

रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेको दूताबासले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top