चौरहजारी घटनाकाे छानबिन गर्न पौडेलको नेतृत्वमा संसदीय विशेष समिति गठन

२६ जेठ, काठमाडौँ ।
रुकुम पश्चिममा भएको जातिय विभेद विरुद्धको घटनाको छानविन गर्न संसंसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको जानकारी गराएका हुन् ।

सभामुखले बैठकको सहमतिका लागि प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ “रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडानम्बर ८ सोतीमा मिति २०७७ जेठ १० गते घटेको घटनाको सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको र उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने सम्बन्धमा मैले सदनलाई जानकारी समेत गराईसकेको हुँदा तत् सम्बन्धमा प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गर्नको लागि समितिमा रहनुहुने माननीय सदस्यहरुको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्दछु । ” बैठकले विशेष समिति गठन सम्बन्धी प्रस्तावमा सहमति जनाएको थियो ।

सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित “चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति ”मा सांसदहरु एकवाल मिर्याँ, दुर्गा पौडेल, पार्वती कुमारी बिशुन्के, प्रकाश रसाईली स्नेही , बिमला बिक, महेश्वरजंग गहतराज अथक, मिन बहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव सदस्य छन् । समितिलाई कार्यप्रारम्भ भएको मितिले ३० दिनको समय दिईएको छ । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँ बनाउने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top