रुकुम घटना : मृतकका परिवारलाई १० लाख राहत सिफारिस

२ असार, काठमाडौँ ।
पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका नवराज विकसहित ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । गृहले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरेको छ ।

मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउँदै  गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको जानकारी दिए । रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको उनले बताए ।

गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ । जेठ १० गते राति चौरजहारी नगरपालिका-८, रुकुम पश्चिम (सोती)मा गाउँलेको कुटाइबाट भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनारको हत्या भएको थियो १२ जना घाईते भएका थिए । मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध आइतबारमात्रै रुकुम जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । आरोपितमध्ये ५ जना अझै फरार छन् ।

Advertisement

घटनालगत्तै गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top