NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

रुख कटान प्रक्रियाले रोकियो कोहलपुर(सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण

मङ्लबार मंसिर ७ , २०७८
Reading Time: 1 min read
A A
रुख कटान प्रक्रियाले रोकियो कोहलपुर(सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ मंसिर, सुर्खेत ।

रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।

आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताए ।

LS Auto

‘आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो’, उनले भने । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उनको भनाइ थियो ।

आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ । हालसम्म रुख कटान सुरु भएको छैन । रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो ।

रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जङ्गल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ । हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ । झण्डै ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नुपर्नेछ ।

मन्त्रिपरिषद् बैठकबाट रुख कटानको स्वीकृति पाएलगत्तै आयोजनाले रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया सुरु गर्नेछ ।

‘अबको १० महिनाभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्छ’, आयोजना प्रमुख चौधरीले भने, ‘रुख कटानमा ढिलाइ भए प्रसारण लाइन निर्माणको अवधि लम्बिन सक्छ ।’ उहाँका अनुसार विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुङ्गो लागिसकेको छ । सुर्खेतको छिन्चु र बाँकेको चिसापानी गाभरमा स्थानीयवासीको असहमतिका कारण जग्गाको मुआब्जा वितरण हुन नसकेको आयोजनाले जनाएको छ ।

विसं २०४५ मा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनका कारण हाल कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रूपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै पोल ढल्नेजस्ता समस्याले यहाँका उपभोक्ताले हैरानी खेप्नुपरेको छ । यो आयोजना निर्माण भएमा उक्त समस्या हट्ने कर्णालीवासीको अपेक्षा छ ।

करिब रु ७० करोड लागतमा ठेकेदार कम्पनीले प्रसारण लाइनका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदका काम सम्पन्न गर्नुपर्नेछ । प्रसारणलाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन् ।

प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ । प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर तोकिएको छ ।

आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बासगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुङ्गिनेछ ।

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.