रेडक्रस सोसाइटी मोरङद्वारा १९ हजार पिन्ट रगत संकलन

विराटनगर,माघ १२
मानविय सेवामा कामगर्दै आएको नेपाल रेडक्रस सोसाइटी मोरङले गत आर्थिक वर्षमा १९ हजार १ सय ६१ पिन्ट रगत संकलन गरेको छ । मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित सोसाइटीको ४६ औ वार्षिक साधारण सभा र आर्थिक प्रतिवेदन कार्यक्रममा सो जानकारी गराइएको हो ।

यसरी संकलन गरिएका रगत मध्ये मोवाइल संकलनवाट ११ हजार ७ सय ७२, ऐच्छिक सोधभर्नाद्धारा ३ सय ६२, स्वयसेविबाट ७ हजार २७ पिन्ट रगत संकलन गरी १८ हजार १ सय ६१ पिन्ट स्वास्थकर रगत विरामीलाई वितरण गरेको छ । त्यसमध्ये विराटनगर स्थित युुथ फोर व्लड नामक संस्थाले ८ सय ७४ पिन्ट रगत संकलन गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्य अनुसार संस्थाले कार्य गरिरहेको वताउदै १९ हजार ८ सय ४० विपद पीडित व्यक्तिलाई गत वर्ष राहत सामाग्री वितरण गरिएको जानकारी दिनु भयो । सभामा सोसाइटीका मोरङ कोषाध्यक्ष सुकदेवप्रसाद मण्डलले आगामी आव ०७६/७७ का लागि रु २ करोड ८९ लाख ९९ हजार ९ सय २९ को अनुमानति वार्षिक वजेट पेश गरे ।

Advertisement

सो अवसरमा ग्रामथान गाउँपालिका उपाध्यक्ष फूलकुमारी चौधरी र शाखाका मन्त्री डिल्ली पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा उत्कृष्ठ शाखाको रुपमा क्रमश वाहुुनि उपशाखा, सिजुुवा उपशाखा तथा वनिगामा उपशाखालाई कदरपत्रबाट सम्मान गरिएको थियो । यसैगरी सवैभन्दा वढि रक्तदानगर्ने विराटनगरको युुथ फोर व्लड, एलपि ग्यास विक्रेता संघ, प्रदेश न १ प्रहरी कार्यालय विराटनगर, लायन्स क्लव तथा सुुकना वहुुमुुखी क्याम्पस लगायत एकदर्जन संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । मोरङ जिल्लामा ५३ उप उपशाखा अन्तगर्तत २ सय ९४ जना प्रतिनिधिको साधारण सभामा सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top