रेम्डेसिभिरमा कालोबजारीः एक भाइलकै ४० हजार

२० वैशाख, काठमाडौँ । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ ।

बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले राजधानीसित भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउ“छन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ ।’

Advertisement

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य ‘कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने’मा जोड दिन्छन् ।

‘कठिन स्थितिमा आफैंलाई राज्य सम्झेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘केही दिनयता गम्भीर संक्रमित संख्या बढ्दोक्रममा छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top