×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण

२८ बैशाख २०७८

२८ बैशाख, काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।

अध्यादेशअनुसार २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघकेको र रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्नेछ ।

शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन योग्य नभएको, दृश्य शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्नेलगायतलाई भने मान्यता नदिइने व्यवस्था छ ।

Advertisement
Advertisement

कसैले विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्ता व्यक्तिले निवदेन दिएमा रेल्वे प्रशासकले रेलचालक वा सहचालक अनुमतिपत्रका लागि लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम अनुमतिपत्र दिनसक्ने व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top